Articles

इस्लाम





प्राकृतिक, तार्किक र सन्तोषदायी धर्म हो





बिस्मिल्ला हिर्रहमा निर्रहीम(अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) ।





के तपाईंले कहिले आफूलाई सोध्नुभयो:





आकाशहरू, पृथ्वी र यसमा रहेका ठूला प्राणीहरूका सृष्टिकर्ता को हुन्? अनि यसमा यो सटीक र सुदृढ प्रणाली कसले बनायो?





यो महान ब्रह्माण्ड युगौंदेखि कसरी व्यवस्थित र स्थिर रूपमा चलिरहेको छ?





के यो ब्रह्माण्डले स्वयम् आफूलाई नै सृष्टि गरेको हो? वा शून्यबाट अस्तित्वमा आएको हो? वा अचानक संयोगले उत्पन्न भएको हो?





तपाईंको कसले सृष्टि गरेको हो?





यो सटीक प्रणाली तपाईंको शरीर र जीवित प्राणीहरूको शरीर भित्र कसले बनायो?





यो घर कसैले नबनाइकन स्वतः आफैं निर्माण भयो ! वा यो घर शून्यताबाट उत्पन्न भएको हो भन्ने कुरा कसैले पनि मान्दैन ! तसर्थ यो महान ब्रह्माण्ड बिना सृष्टिकर्ता निर्माण भएको कुरालाई कसरी पत्याउन सकिन्छ? पृथ्वीको यो सटीक प्रणाली संयोगवश भएको तर्कलाई एउटा विवेकशील व्यक्तिले कसरी स्वीकार गर्न सक्छ त?





निस्सन्देह, यो ब्रह्माण्ड र यसमा भएका सबै कुराहरूको एउटा सृष्टिकर्ता, प्रबन्धक महान ईश्वर हुनुहुन्छ र उहाँ अल्लाह सर्वशक्तिमान हुनुहुन्छ।





अल्लाहले हाम्रो मार्गदर्शनका निमित्त सन्देशवाहकहरू पठाउनुभयो र उनीहरूलाई ईश्वरीय पुस्तकहरू (प्रकाशना) प्रदान गर्नुभयो, जसमध्ये अन्तिम पुस्तक; पवित्र कुर्आन हो, जुन अल्लाहले अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रदान गर्नुभयो र ती ईश्वरीय पुस्तकहरू र सन्देशवाहकहरू मार्फत (हामीलाई ज्ञान हुन्छ कि) :





⦁उहाँले स्वयम आफ्नो परिचय, आफ्ना विशेषताहरू र हामीमाथि उहाँको अधिकारहरू र उहाँमाथि हाम्रो अधिकारबारे जानकारी गराउनुभयो ।





⦁ उहाँले हामीलाई मार्गदर्शन गर्नुभयो कि उहाँ नै हाम्रो पालनकर्ता हुनुहुन्छ, जसले समस्त प्राणीहरूको सृष्टि गर्नुभयो । उहाँ जीवित हुनुहुन्छ र उहाँ कहिले मर्नुहुन्न । सम्पूर्ण प्राणीहरू उहाँको नियन्त्रण, मातहत र अधीनस्थमा छन् ।





उहाँले (आफ्नो परिचय) दिदै भन्नुभयो कि सर्वज्ञता उहाँको विशेषताहरूमध्ये एक हो, उहाँलाई सम्पूर्ण कुराहरूको ज्ञान छ । उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ र पृथ्वी वा आकाशमा कुनै पनि कुरा उहाँबाट गुप्त रहन सक्दैन ।





हाम्रो पालनकर्ता अल-हैय्य (सदा जीवित) हुनुहुन्छ अर्थात् केवल उहाँले नै प्रत्येक प्राणीलाई जीवन प्रदान गर्नुहुन्छ । उहाँ अल-कैय्यूम1 हुनुहुन्छ, अर्थात् जसद्वारा प्रत्येक प्राणीको जीवन स्थापित छ । अल्लाहले भन्नुभयो:﴿اللَّهُ لا إِلَهَ إِلَّا هُوَ الْحَيُّ الْقَيُّومُ لا تَأْخُذُهُ سِنَةٌ وَلا نَوْمٌ لَهُ مَا فِي السَّمَوَاتِ وَمَا فِي الأَرْضِ مَنْ ذَا الَّذِي يَشْفَعُ عِنْدَهُ إِلَّا بِإِذْنِهِ يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلا يُحِيطُونَ بِشَيْءٍ مِنْ عِلْمِهِ إِلَّا بِمَا شَاءَ وَسِعَ كُرْسِيُّهُ السَّمَوَاتِ وَالأَرْضَ وَلا يَئُودُهُ حِفْظُهُمَا وَهُوَ الْعَلِيُّ الْعَظِيمُ﴾ अल्लाह– उनीबाहेक कोही वास्तविक उपास्य छैन; जीवन्त एवम् सारा संसार र त्यसका प्रणालीहरू लाई कायम राखेका छन् । उनलाई न उंघ लाग्छ न निद्रा नै । आकाशहरू तथा पृथ्वीका सम्पूर्ण वस्तुहरू उनैका हुन् । को छ जसले उनीकहाँ उनको अनुमति बिना सिफारिश गर्न सकोस् ? उनी तिनीहरूका (सम्पूर्ण सृष्टि) विगतमा घटेका र भविष्यमा घटिने सबै कुराहरू जान्दछन् । र, तिनीहरूले अल्लाहको ज्ञानको कुनै पनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैनन् । उनको कुर्सीले आकाशमण्डल तथा धरतीलाई घेरिराखेको छ । र तिनीहरूको संरक्षणले उनलाई थकित तुल्याउँदैन र उनी सर्वोच्च तथा महान् छन् ।[सूरह अल्-बकरह २ : २५५ ]





⦁ उहाँले हामीलाई बताउनुभयो कि उहाँ नै सम्पूर्ण श्रेष्ठताले परीपूर्ण गुणहरू भएको पालनकर्ता हुनुहुन्छ । उहाँले हामीलाई उनको सृष्टिप्रति आश्चर्यजनक कार्यहरू र अद्भुत शक्तिलाई बुझ्न सक्ने बुद्धि र इन्द्रियहरू प्रदान गर्नुभयो, जसले हामीलाई उहाँको महानता, शक्ति, र गुणहरूको सम्पूर्णता देखाउँछ ।उहाँले हामीभित्र एउटा जन्मजात स्वाभाविक प्रवृत्ति स्थापित गर्नुभभएको छ, जसले उहाँको सम्पूर्णता लाई सिद्ध गर्छ र उहाँमा कुनै कमी वा अपूर्णता हुन सक्दैन भन्ने प्रमाणित गर्दछ ।





⦁ हाम्रो परमेश्वर आकाशमण्डलभन्दा भन्दा माथि हुनुहुन्छ । नत उहाँ यस संसार भित्र हुनुहुन्छ नत संसार उहाँभित्र रहेको छ भनेर उहाँले हामीलाई ज्ञान गराउनु भएको छ ।





⦁हामीले आफूलाई उहाँको महिमा समक्ष समर्पण गर्नुपर्छ, किनकि उहाँ हाम्रो सृष्टिकर्ता, ब्रह्माण्डको सृष्टिकर्ता र शासक हुनुहुन्छ भनेर उहाँले हामीलाई बताउनुभएको छ ।





सृष्टिकर्ता महान र पवित्र गुणहरूले परिपूर्ण हुनुहुन्छ र उहाँलाई कुनै किसिमको कमीकमजोरीले कहिल्यै चित्रण गर्न सकिँदैन । अतः पालनकर्ता बिर्सनुहुन्न, सुत्नुहुन्न, खाना खानुहुन्न र उहाँका पत्नी वा सन्तान हुन सक्दैन । सृष्टिकर्ताको महानताको विरोधाभास गर्ने सबै कुराहरू मिथ्या हुन्स। ती सन्देशवाहकहरूद्वारा (उनीहरूमाथि शान्ति होस्) पठाइएको सत्य इश्वरीय प्रकाशना बाट होइनन्, ।





अल्लाहले पवित्र ग्रन्थ कुर्आनमा भन्नुहुन्छः﴿قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ * (भन्नुहोस्: अल्लाह एक हुनुहुन्छ* ।ٱللَّهُ ٱلصَّمَدُ * अल्लाह निरपेक्ष हुनुहुन्छ* ।لَمۡ یَلِدۡ وَلَمۡ یُولَدۡ * नत उहाँबाट कोही जन्मेको छ नत उहाँ कसैबाट जन्मेको छन्* ।وَلَمۡ یَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ﴾ उहाँको बराबर र समकक्ष कोही पनि छैन) ।(अल् इख्लासः १- ४) ।





यदि तपाईं सृष्टिकर्तामा विश्वास गर्नुहुन्छ भने... के तपाईंले आफूलाई कहिल्यै आफ्नो सृष्टिको उद्देश्यको बारेमा सोध्नुभएको छ ? अल्लाहले हामीबाट के चाहनुहुन्छ र हाम्रो अस्तित्वको उद्देश्य के हो?





के यो हुन सक्छ कि अल्लाहले हाम्रो सृष्टि गर्नुभयो र त्यसपछि हामीलाई ब्यर्थ छोड्दिनू भयो ? के यो हुन सक्छ कि अल्लाहले यी सबै प्राणीहरूको सृष्टि उद्देश्यविहीन वा बिना लक्ष्य गर्नुभयो?





वास्तवमा, सर्वशक्तिमान पालनकर्ता सृष्टिरकर्ता 'अल्लाह' ले हाम्रो सृष्टिको उद्देश्य; केवल एक अल्लाहको आराधना गर्नु हो भनेर हामीलाई बताउनुभएको छ । उहाँ हामीबाट अरु के नै चाहनुहुन्छ र! उहाँ नै एक मात्र आराधना र उपासना योग्य हुनुहुन्छ भनेर उहाँले हामीलाई भन्नुभएको छ । उहाँको उपासना कसरी गर्ने? उहाँका आदेशहरू मान्न र उहाँले निषेध गर्नुभएको कुरा त्यागेर उहाँसँग कसरी नजिक हुने? उहाँलाई कसरी प्रसन्न पार्ने? उहाँको (अवज्ञा कारण हुने) सजायबाट कसरी जोगिने र मृत्युपछि हाम्रो अवस्था के हुन्छ ? आदि इत्यादि कुराहरु उहाँले आफ्ना सन्देशवाहकहरू मार्फत हामीलाई बताउनुभएको छ ।





यो सांसारिक जीवन परीक्षा मात्र हो र असल तथा परिपूर्ण जीवन मृत्युपछिको जीवन हो भनेर उहाँले हामीलाई बताउनुभएको छ ।





उहाँले हामीलाई बताउनुभएको छ कि जसले अल्लाहको आदेश बमोजिम आराधना गर्छ र उहाँले निषेध गर्नुभएको कामहरूबाट जोगिन्छ भने उसको लागि यस संसारमा सुखमय जीवन र परलोकमा अनन्त आनन्द र सुख हुनेछ । त्यसैगरी जसले उहाँको अवज्ञा गर्छ र उहाँमा अविश्वास गर्छ भने उसको लागि यस संसारमा दुःख र परलोकमा अनन्त यातना हुनेछ ।





किनभने प्रत्येक व्यक्तिले यस जीवनमा आफूले गरेको राम्रो वा नराम्रो कर्मको प्रतिफल पाउनेछ भन्ने कुरा हामी सबैलाई सर्वव्याप्त नै छ । (यथार्थमा यस्तो हुँदा, के यो कुरा ठीक मान्न सकिन्छ ) कि अत्याचार गर्नेहरूलाई कुनै दण्ड हुँदैन र असल काम गर्नेहरूको लागि कुनै राम्रो प्रतिफल हुनेछैन?





हाम्रो परमेश्वरले हामीलाई बताउनुभएक छन् कि इस्लाम धर्ममा प्रवेश नगरिकन नत अल्लाहको खुशी प्राप्त गर्न सकिन्छ नत उहाँको दण्डबाट जोगिन सकिन्छ । र इस्लाम भनेको अल्लाह सामु समर्पण गर्नु, केवल उहाँको उपासना गर्नु र उहाँको उपासनामा अरू कसैलाई साझेदार नबनाउनु हो, आज्ञाकारिता द्वारा उहाँसामु समर्पित हुनु तथा खुशी र स्वइच्छाका साथ उहाँको शरिअतको पालना गर्नु हो । र उहाँले हामीलाई सचेत गर्नु भयो कि, इस्लाम बाहेक अन्य कुनै धर्म उहाँले स्वीकारै गर्नुहुन्न । अल्लाहले भन्नुभएको छ:(وَمَن يَبۡتَغِ غَيۡرَ ٱلۡإِسۡلَٰمِ دِينا فَلَن يُقۡبَلَ مِنۡهُ وَهُوَ فِي ٱلۡأٓخِرَةِ مِنَ ٱلۡخَٰسِرِينَ) (जसले इस्लाम बाहेक अरु कुनै धर्म ग्रहण गर्न खोज्छ, त्यो कदापि स्वीकार गरिने छैन र ऊ परलोकमा घाटा बेहोर्नेहरूमध्ये हुनेछ ।)(आले-इमरान: ८५) ।





आज धेरै जसो मानिसहरूले मिथ्या कुराहरूको पूजा गर्छन्; कसैले मानवको पुजा गर्छ, कसैले मूर्ति र प्रतिमाको पूजा गर्छ, कसैले नक्षत्र ग्रहको पूजा गर्छ आदि इत्यादि । वास्तवमा, बुद्धिमान व्यक्तिले सम्पूर्ण श्रेष्ठ गुणले परिपूर्ण ईश्वर बाहेक अरू कसैको पूजा गर्नु हुँदैन, एउटा मानवले आफू जस्तो वा आफूभन्दा तल्लो र निम्न प्राणीको पूजा कसरी गर्न सक्छ! याद रहोस्, मानव, मूर्ति, रुख वा जनावर कहिले पनि इश्वर हुन सक्दैन!





इस्लाम धर्म बाहेक आज को यूगमा मानिसहरूले मान्ने कुनै पनि धर्मलाई अल्लाहले स्वीकार गर्नुहुन्न, किनकि ती सबै मानवद्वारा निर्मित धर्महरू हुन् वा ईश्वरीय धर्म थिए तर मानवले त्यसमा मनमानी हेरफेर र छेडछाड गरेका छन् । तर इस्लाम भनेको सम्पूर्ण ब्रह्माण्डको ईश्वरको धर्म हो, यसमा कुनै परिवर्तन वा हेरफेर गर्न सकिँदैन । यो धर्मको पुस्तक पवित्र कुर्आन हो । यो पुस्तक जुन रूप र भाषामा अन्तिम दूत मुहम्मद (सल्लीहु अलैहेवसल्लम) माथि अल्लाहद्वारा अवतरण गरिएको थियो जस्ताको त्यस्तै आजको दिनसम्म मुस्लिमहरूको हातमा सुरक्षित छ ।





अल्लाहद्वारा पठाइएका सबै सन्देशवाहकहरूमा आस्था राख्नु इस्लामको एक आधार हो । उनीहरू सबै मानव थिए, अल्लाहले चिन्ह र चमत्कारहरूद्वारा उनीहरूको समर्थन गर्नुभयो । उनीहरूलाई केवल अल्लाहको उपासना गर्ने र उहाँको उपासनामा कसैलाई साझेदार नगर्ने आह्वान गर्नका लागि पठाईएका थियो ।सन्देशवाहकहरूमध्ये अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हुनुहुन्छ । इश्वरले उहाँलाई अन्तिम ईश्वरीय शरिअत (विधान) का साथ पठाउनुभयो, जसले अघिका सन्देशवाहकहरूको विधानलाई बदर गर्यो । अल्लाहले ठूलाठूला चमत्कारहरूद्वारा उहाँको समर्थन गर्नुभयो, जसमध्ये सबैभन्दा ठूलो चमत्कार पवित्र कुर्आन हो । वास्तवमा, यो विश्वको प्रभुको वाणी हो, मानवजाति इतिहासको सबैभन्दा ठूलो पुस्तक हो, यसका विषयवस्तु, शब्द, शैली र विधिविधानहरू पनि चमत्कारी हुन् । यसमा सत्यको मार्गदर्शन छ, जसले यस संसार र परलोकमा सुखमय जीवन को बाटो देखाउन्छ र यो अरबी भाषामा अवतरित भएको हो ।





यो कुर्आन सृष्टिकर्ताको वाणी हो र यो कुनै मानवद्वारा सृजित गरिएको होइन भनेर धेरै बौद्धिक तर्क र वैज्ञानिक प्रमाणहरू छन् जसले यसकुरा लाई ठोकुवाका साथ प्रमाणित गर्दछ ।





इस्लामको आधारहरूमध्ये फरिश्ता (देवदूत) हरू र अन्तिम दिनमा (प्रलयको दिन) विश्वास गर्नु हो । अल्लाहले मानिसहरूलाई प्रलयको दिन तिनीहरूको चिहानबाट पुनः जीवित पार्नुहुनेछ र हिसाबकिताब लिनुहुनेछ । जसले ईमानको अवस्थामा राम्रो कर्म गर्छ उसले स्वर्गमा अनन्त आनन्द पाउनेछ र जसले कुफ्र (अवज्ञ) र खराब कर्म गर्छ उसलाई नर्कमा ठूलो सजाय हुनेछ । इस्लामको सिद्धान्तहरुमध्ये अल्लाहले (यस संसार र सम्पूर्ण जीवजन्तु को बारेमा) लेख्नुभएको राम्रो वा नराम्रो भाग्यमा विश्वास गर्नु हो ।





इस्लाम एउटा पूर्ण जीवन व्यवस्था हो । यो प्राकृतिक र बौद्धिक धर्म हो । सामान्य मानिसहरूले यसलाई सहर्ष स्वीकार गर्दछन् । महान् सृष्टिकर्ताले आफ्नो सृष्टिका लागि यसलाई रोज्नुभएको हो । यसले मानवलाई लोक परलोक दुवैमा भलाइ र खुशी दिन्छ । यसमा जाति वा रङ्गको आधारमा कुनै भेदभाव र विभेद गरिदैन । यसमा सबै मानिसहरूलाई समान दर्जा दिइएको छ । इस्लाममा असल कर्मले मात्र मानिस ठूलो र अरू भन्दा फरक हुन्छ ।





अल्लाहले भन्नुभएको छ :(مَنۡ عَمِلَ صَٰلِحا مِّن ذَكَرٍ أَوۡ أُنثَىٰ وَهُوَ مُؤۡمِن فَلَنُحۡيِيَنَّهُۥ حَيَوٰة طَيِّبَة وَلَنَجۡزِيَنَّهُمۡ أَجۡرَهُم بِأَحۡسَنِ مَا كَانُواْ يَعۡمَلُونَ) (जसले ईमानको अवस्थामा रहँदा सत्कर्म गर्छ, चाहे पुरुष होस् वा महिला हामीले उसलाई निश्चित रूपमा सुखमय जीवन प्रदान गर्नेछौं र आखिरत (परलोक) मा र उनीहरूले गरेका कार्यहरूको उत्तम प्रतिदान प्रदान गर्नेछौं(अन्-नहल : ९७)





अल्लाहले पवित्र कुर्आनमा यो कुरमा जोड दिनुभएको छ कि , अल्लाहलाई पालनकर्ता र ईश्वरको रूपमा, इस्लामलाई धर्मको रूपमा र मुहम्मद (सल्लीहु अलैहेवसल्लम) लाई इश्दूतको रूपमा स्वीकार गर्नुपर्छ र प्रत्येक व्यक्तिले इस्लामलाई आत्मसात गर्नु अनिवार्य छ, यसको अरु कुनै विकल्प छैन । किनभने कयामतको दिन सबैको लेखाजोखा हुनेछ र आस्था तथा कर्म अनुसार प्रतिफल दिइनेछ । साँचो (आस्थावान) मोमिनका लागि ठूलो सफलता हुनेछ र (अवज्ञकार) काफिरका लागि स्पष्ट हानि र घाटा छ ।





अल्लाहले भन्नुभएको छ :(... وَمَن يُطِعِ ٱللَّهَ وَرَسُولَهُۥ يُدۡخِلۡهُ جَنَّٰت تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ، (...अनि जसले अल्लाह र उहाँका रसूलको आज्ञापालन गर्दछ, अल्लाहले उसलाई यस्ता बगैंचाहरूमा प्रवेश गराउनुहुनेछ जसको तल नदीहरू बगिरहेका हुनेछन् । तिनीहरू त्यहाँ सदासर्वदा रहनेछन् र यो नै ठूलो सफलता हो ।وَمَن يَعۡصِ ٱللَّهَ وَرَسُولَهُۥ وَيَتَعَدَّ حُدُودَهُۥ يُدۡخِلۡهُ نَارًا خَٰلِدا فِيهَا وَلَهُۥ عَذَاب مُّهِين) अनि जसले अल्लाह र उहाँका रसूलको अवज्ञा गर्छ र उहाँको कानुनको उल्लङ्घन गर्छ, अल्लाहले उसलाई यस्तो नर्कमा फ्याँकिनुहुनेछ जहाँ ऊ सदासर्वदा अपमानजनक यातना भोगिरहने छ) ।(अन्-निसा:१३-१४)





र जो इस्लाममा प्रवेश गर्न चाहन्छ, उसले 'शहादह' को अर्थ जानेर बुझेर र बिश्वासका साथ यसो भन्नुपर्छ: 'अश्हदु अल्ला इलाह इल्लल्लाह, व अश्हदु अन्-न मुहम्मदर् रसूलुल्लाह' (म गवाही दिन्छु, अल्लाह बाहेक अरू कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहका अन्तिम सन्देष्टा (रसूल) हुनुहुन्छ) । यो गवाहीपछि ऊ मुस्लिम भैहाल्छ । त्यसपछि उसले बिस्तारै इस्लामका बाँकी आधारभूत कुराहरू सिक्नु पर्छ, ताकि उसले राम्रोसँग इस्लाम धर्म अनुसरण गर्न सकोस् ।



Recent Posts

इस्लाम प्राकृतिक, तार ...

इस्लाम प्राकृतिक, तार्किक र सन्तोषदायी धर्म हो

আল-ইসলাম স্বভাবজাত, য ...

আল-ইসলাম স্বভাবজাত, যৌক্তিক ও সৌভাগ্যের ধর্ম

Islam, tôn giáo của b ...

Islam, tôn giáo của bản năng, lý trí và hạnh phúc

ઇસ્લામ એવો ધર્મ, જે પ ...

ઇસ્લામ એવો ધર્મ, જે પ્રાકૃતિક અને બુદ્ધિ પ્રમાણે હોય, તેમજ ખુશી અને ઉલ્લાસનો ધર્મ